You are viewing the translated version of समितिको काम कर्तव्य र अधिकार.

Section 22
समितिको काम कर्तव्य र अधिकार
ऐनमा उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) तेजाब वा अन्य घातक रासायनिक पदार्थको प्रयोगमा नियन्त्रण र नियमन गर्ने सम्बन्धमा सम्बन्धित निकायसँग समन्वय र परामर्श गर्ने,
(खं) जिल्ला समितिले पेश गरेको प्रतिवेदन उपर छलफल गरी आवश्यक कारबाहीको लागि मन्त्रालय समक्ष सिफारिस गर्ने,
(ग) समितिको काम कारबाही सुचारु रुपले सञ्चालन गर्न आवश्यकता अनुसार उपसमिति गठन गर्ने ।